काठमाण्डौ । कतिपय वाणिज्य बैंकहरुले नगद लाभांश मात्र वितरणको घोषणा गरी लगानीकर्तालाई निराश बनाइरहेको बेला नवील बैंक लिमीटेडले भने बोनस सेयरसहित आकर्षक लाभांश वितरणको प्रस्ताव गरेको छ । 

नवील बैंकको सोमबार बसेको संचालक समितिको ५०२ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफामध्येबाट १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो हिसाबले सेयरधनीले १०० कित्ता बराबर १२ कित्ताको दरले बोनस सेयर पाउनेछन् भने प्रतिसेयर रु. २२ रुपैयाँ नगद लाभांश पाउनेछन् । 

नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र यो प्रस्ताव कार्यान्वयनमा आउनेछ ।

बैंकले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ९ अर्ब माथि पुग्नेछ ।

गत वर्ष नवील बैंकले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।