काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमामा संशोधन गरेको छ । 

एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमामा संशोधन गरेको हो । 

सेयर धितो कर्जाको संशोधनसँगै अब व्यक्तिगततर्फको अधिकतम क्याप १५ करोड पुगेको छ भने संस्थागततर्फको क्याप भने बढेर २० करोड पुगेको छ । 

‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा  कुल रु. १५ करोड कायम गरिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ ।’ एकीकृत निर्देशनमा भनिएको छ । 

यसअघिका समाचारहरु: