काठमाण्डौ । राष्ट्रबैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले रु. ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको हो । 

यस्तै, रियल स्टेट बजारलाई थप चलायमान बनाउने गरी रियल स्टेट कर्जाको जोखिमभार समेत घटाएर १२५ प्रतिशत नै कायम गरिएको छ । 

रु.५० लाख सम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिएकोछ ।