janata bank nepal
काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेडले शाखा बिस्तारमा आक्रामक रणनीति लिएको छ । यो बैंकले एकैसाथ ८ शाखाको स्थापना गर्दै त्यहाँबाट कारोबारको औपचारिक सुरुवात गरेको हो ।
चालु आर्थिक बर्षको सुरुदेखि नै शाखा बिस्तारमा निरन्तरता दिएको बैंकले निम्न लिखित ठाउँबाट शाखा स्थापना गरी कारोबारको औपचारिक उद्घाटन गरेको हो:
उल्लेखित शाखामध्ये रामपुर, टिकापुर र वालिङ शाखाको कारोवार २०७४ चैत्र १५ गते देखि र बाँकी ५ शाखाको कारोवार चैत १६ गतेदेखि सुरु भएको बैंकले जनाएको छ ।
यससँगै बैंकको शाखा संख्या १०६ पुगेको छ भने काठमाडौं उपत्यकामा १७ शाखा सञ्जाल पुुगेको छ । यस अतिरिक्त बैंकले ३३ शाखारहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
बैंकको हाल रु. ५३ अर्ब २४ करोड निक्षेप र रु. ४९ अर्ब ८२ करोड कर्जा कारोवार रहेको छ । बैंकले आ.ब. २०७३/७४ को मुनाफाबाट बोनस शेयर वितरण गरेपश्चात चुक्तापुँजी रु. ८ अर्ब ७ लाख पुगेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago