काठमाण्डौ । एनआइसी एशिया बैंक शाखा बिस्तारमा आक्रामक बन्दै गएको छ । यो बैंकले आइतबार एक साथ देशका तीन भिन्न ठाउँका नयाँ शाखा संचालनमा ल्याएको हो । 

बैंकले बाँकेको खजुरा गाउँपालिका वडानम्बर ३ मा, बारबर्दिया नगरपालिका वडानम्बर ६ मगरागडी तथा मोरंगको कानेपोखरी गाउँपालिका वडानम्बर ६, रमाइलो चौकमा समारोहरुको आयोजना गरी शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको हो । 

नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पाडैलले खजुरा र मगरागडी शाखाको उद्घाटन गरेका थिए भने रमाईलो शाखाको समुद्घाटन कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले गरेका थिए ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । उल्लेखित ३ शाखाको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट सेवा प्रवाह गरिरहेको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।