काठमाण्डौ । एनआइसी एशिया बैंकले सिन्धुलीको कमलामाई नगरपालिका वडानम्बर ६ र लमजुंगको बेसीशहर नगरपालिका वडानम्बर ७ मा एकसाथ नयाँ शाखा संचालनमा ल्याएको छ । 

छुट्टा छुटटै समारोहका आयोजना गरी दुवै शाखामा बैंकले नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो । 

सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेशकुमार श्रेष्ठले सिन्धुली शाखाको र लम्जुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेका थिए ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।