काठमाण्डौ । बैंक अफ काठमाण्डू पनि शाखा बिस्तारमा आक्रामक बन्न थालेको छ । बैंकले बिहीबार २ नयाँ शाखाबाट औपचारिक रुपमा सेवा प्रारम्भ गरेको हो ।

बैंकले आफ्नौ ७६ औं शाखा गल्छी र ७७ औं शाखा मिर्चैयामा स्थापना गरी सेवा आरम्भ गरेको हो। 

छुट्टाछुट्टै समारोहका बीच गल्छी शाखा कार्यालयको बैंकका संचालक राधेश पन्त र गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले संयुक्त उद्घाटन गरे  । 

यस्तै, मिर्चैया शाखाको बैंकका संचालक गोविन्दप्रसाद शर्मा रेग्मी, मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकर शाह तथा राष्ट्रपतिका निजी सचिव जीवच्छ शाहले संयुक्त उद्घाटन गरे ।

यी दुवै शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ ।

आर्थिक वर्ष २०७४/२०७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप रु.६९.१५ अर्ब परिचालन गरी कुल कर्जा रु. ६२.३३ अर्ब प्रवाह गरेको छ। हाल बैंकले ७७ शाखा, ६७ एटीएम, ८ वटा एक्सटेन्सन् काउण्टर तथा १७ शाखारहित बिन्दुहरुबाट आप्mनो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।