काठमाण्डौ । स्पर्स लघुवित्तलाई प्राप्ति गरेपछि ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यही वैशाख ८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकै नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो। दुवै लघुवित्तले प्राप्ति प्रक्रियासम्बन्धी गत गत पुस २९ गते अन्तिम सम्झौता भएको थियो। त्यसपछि दुवै संस्थाको गत पुस २७ गते नै सम्पन्न आआफ्नो साधारणसभाबाट यो प्राप्ति प्रक्रियालाई अनुमोदन गरेका थिए।

नेपाल राष्ट्र बैंकले भने गत चैत १० गते र कम्पनी रजिस्ट्रारको कार्यालयले गत चैत २७ गते दुवै लघुवित्तको यो प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिएका थिए। 

प्राप्तिपछि कम्पनीको केन्द्रीय कार्यालय पोखरामा रहनेछ। एकीकृत कारोबारका लागि डाटा माइग्रेसन प्रयोजनका लागि दुवै लघुवित्तका कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण बैंकिङ सेवाहरु यही वैशाख ७ गते एक दिनका लागि बन्द गरिने दुवै लघुवित्तले संयुक्त रुपमा निकालेको सूचनामा उल्लेख छ।