काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभाको मिति तय गरेको छ।

संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २७ गते गर्ने निर्णय गरेको छ ।

सभामा विशेषगरी गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल १३.६८ प्रतिशत लाभांश पारित गर्नेछ ।

संस्थाले चुक्तापुँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँको १३ प्रतिशतले हुन आउने १ करोड ७ लाख ८५ हजार १९० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै बोनस सेयर वितरण गर्दा पर्ने कर प्रयोजनाका लागि संस्थाले चुक्तापुँजीको ०.६८ प्रतिशत अर्थात ५ लाख ७६ हजार ६४२ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव पनि संस्थाले गरेको छ ।

लाभांश र साधारणसभा प्रयोजनका लागि स्पर्श लघुवित्तले पुस १० गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ साधारणसभामा भाग लिन र लाभांश हकदार बन्न पुस ९ गतेसम्म संस्थाको सेयरधनी कायम भइसक्नुपर्नेछ ।