 
                     
                                
                             
                                    काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल स्पेयर पार्टसका कतिपय वस्तुमा आयातकर्ता र बजार वितरकको विवरणको लेबल कठिन रहेको जनाएको छ।
आज नाडाका अध्यक्ष डा. धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी यस्तो जानकारी गराएको हो।
वीरगन्ज भन्सार कार्यालयले गत साउन १ गतेपछि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्रीवितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाएरमात्र पठाउनुपर्ने सूचना जारी गरेको थियो। सोही सूचनालगायत अटोमोबाइल व्यवसायीहरुलाई भन्सारमा परेको समस्याका सम्बन्धमा छलफल भएको हो।
छलफलमा नाडाका अध्यक्ष थापाले उक्त सूचनामा उल्लेखित विषय कुन क्षेत्रमा लागू गर्ने भनिएको हो प्रस्ट नभएको र अटोमोबाइल स्पेयर पार्टसका कतिपय वस्तुहरुमा यस्तो व्यवस्था लागू गर्न कठिनाइ हुने बताए।
छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले त्यसको कार्यान्वयमा आउने व्यावहारिक समस्या र अपठयाराहरुबारे जिज्ञासा राखेका थिए।
छलफलमा महानिर्देशक पौडेलले विदेशबाट धेरै नक्कली सामान पैठारी भई आउने भएकोले बैध व्यवसायलाई प्रोत्साहित गर्न र तस्करी र चोरी पैठारीलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागेको जानकारी दिँदै अटोमोबाइल स्पेयर पार्टसको आयातमा पनि यो व्यवस्था लागू हुने प्रस्ट पारे। उनले अटोमोबाइल स्पेयर पार्टसका केही वस्तुहरुमा यस्तो व्यवस्था गर्न कठिनाइ हुने भए पनि यस सम्बन्धमा विभागले छिट्टै कार्यविधिसमेत ल्याउन लागेको जानकारी दिए।
महानिर्देशक पाडैलले यसको सम्पूर्ण व्यवस्थापन स्वयं पैठारीकर्ता र डिलरले गर्नुपर्ने भएकोले साधारण खुद्रा व्यवसायीलाई कुनै अप्ठेरो र झन्झट पनि नहुने पनि स्पष्ट पारे।
विभागका उपमहानिर्देशकद्वय सेवन्तक पोखरेल र रमेश अर्यालसमेतको उपस्थिति रहेको छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरीसमेतको उपस्थिति थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19