काठमाण्डौ । लाभांश र हकप्रद सेयर पारित मुख्य अजेन्डासहित स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।
संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा मंसिर १६ गते सुनसरीको इटहरीमा गर्ने तय गरेको छ ।
सभाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३५ प्रतिशत लाभांश पारित गर्नेछ । प्रस्तावित लाभांशमा चुक्तापुँजी २३ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड ६० लाख रुपैयाँ, १३.२५ प्रतिशतले हुन आउने ३ करोड ४ लाख ७५ हजार रुपैयाँ र बोनस र नगद लाभांशको कर प्रयोजनका लागि १.७५ प्रतिशतले हुन आउने ४० लाख २५ हजार रुपैयाँ छन् ।
यसैगरी संस्थाले बोनस सेयर वितरणपछि कायम हुने पुँजी २७ करोड ६० लाख रुपैयाँको ४ः१ अनुपातमा हुन आउने रकम ६ करोड ९० लाख रुपैयाँबराबरको हकप्रद सेयर जानी गर्न स्वीकृतिका लागि सभामा पेस गर्नेछ ।
वार्षिक साधारणसभा र बोनस सेयर वितरणका लागि मंसिर ६ गतेदेखि १६ गतेसम्मका लागि बुक क्लोज गर्ने भएको छ । यसको अर्थ मंसिर ५ गतेसम्म संस्थाको सेयरधनी कायम हुनेहरु लाभांशको भागिदार हुनेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago