काठमाण्डौ । स्वरोजगार लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।
यो माइक्रोफाइनान्सको भदौ ९ गते बसेको संचालक समितिको १४८ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।
गत वर्ष यो लघुवित्तले आफ्ना सेयरधनीलाई ३०.४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यो लघुवित्तले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ८६ लाख खूद नाफा आर्जन गरेको छ ।
साथै, यो लघुवित्त बैंकको संचालक समितिको सोही बैठकले सेयरधनीलाई पुनः सतप्रतिशत हकप्रदको भारी बोकाउने निर्णय पनि गरेको छ ।
२०७३/७४ को नाफाबाट दिइएको बोनस सेयर र २०७३ कात्तिक १३ गतेको ८ औं साधारणसभाबाट पारित भई हाल निश्कासनको प्रक्रियामा रहेको २: १ को अनुपातमा दिइएको हकप्रदपछि कायम हुन आउने पूँजीको पुनः १ बराबर १ अर्थात(सतप्रतिशत) सेयर पुनः निश्कासन गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत उदयराज खतिवडाले नेप्सेलाई लेखेको पत्रमा उल्लेख छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago