काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको बुधबार (पुस २७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५१ करोड ४० लाख ९९ हजार १२१ रुपैयाँको कुल २३.१५७९ प्रतिशतले हुन आउने ११ करोड ९० लाख ५४ हजार ५३४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा २२ प्रतिशतले हुन आउने ११ करोड ३१ लाख १ हजार ८०७ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.१५७९ प्रतिशतले हुन आउने ५९ लाख ५२ हजार ७२७ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।