काठमाण्डौ । स्वाबलम्बन लघुवित्तले घोषणा गरेको १३.०१ प्रतिशत लाभांश आफ्नो पोल्टामा पार्ने मन छ ? यदि त्यसो हो भने यो कम्पनीको सेयर तपाईले आजै किन्नुपर्नेछ । 

स्वाबलम्बन लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको १२.३५९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५०५ प्रतिशत नगद लाभांश पाउन आजसम्म सेयरधनी कायम भइसक्नुपर्ने हो । 

यो लघुवित्तले लाभांशसहितका अजेण्डा पारित गर्ने उद्देश्यले आगामी पुस ४ गते आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ ।

साधारणसभा प्रयोजनका लागि मंसिर २२ गते अर्थात भोलिबाट बुक क्लोज हुने जनाएको छ । यसको अर्थ कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा सेयरधनीको रुपमा आगामी साधारणसभामा सहभागी हुन चाहनेले आजसम्म यो कम्पनीको सेयर किनेर सेयरधनी कायम भइसक्नुपर्नेछ । 

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब २९ करोड रुपैयाँ रहेको छ । कम्पनीले १५.९५ करोड रुपैयाँ बराबरको बोनस सेयर र ८३.९४ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।