काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ बम्पर लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको आज दिउँसो ४ बजेको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २०७८ असार मसान्तमा कायम चुक्तापुँजी ९ करोड २० लाख ५० हजार रुपैयाँको कुल ३४ प्रतिशतले हुन आउने ३ करोड १२ लाख ९७ हजार रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ३२.३० प्रतिशतले हुन आउने २ करोड ९७ लाख ३२ हजार १५० रुपैयाँबराबरको बोनस सेयर र १.७० प्रतिशतले हुन आउने १५ लाख ६४ हजार ८५० रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।