काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको बुधबार (पुस २७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँको कुल २१.०५ प्रतिशतले हुन आउने २३ करोड ६२ लाख ४६ हजार ३१६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १६ करोड ८३ लाख २५ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र ६.०५ प्रतिशतले हुन आउने ६ करोड ७९ लाख २० हजार ८१६ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।