काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ। 

संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौर ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल २१.०५२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र ६.०५२६ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले संस्थामा संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ६०ः४० अर्थात क्रमशः ६० प्रतिशत र ४० प्रतिशत कायम गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। हाल संस्थामा संस्थापक सेयरधनीको ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ। 

सभाले अन्य उपयुक्त एक वा सोभन्दा बढी लघुवित्त संस्था गाभ्ने वा प्राप्ति प्रक्रिया अगाडि बढाउनका लागि गर्नुपर्ने सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सञ्चालक समितिका नयाँ सदस्यहरुको मनोनयन तथा नियुक्ति सभाले अनुमोदन गरेको छ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ फागुन ८ गते (फागुन ९ गते सार्वजनिक बिदा)सम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।