काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँको कुल १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १२.३५९९ प्रतिशतले हुन आउने १५ करोड ९५ लाख ४ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.६५०५ प्रतिशतले हुन आउने ८३ लाख ९४ हजार ९७४ रुपैयाँ नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।