काठमाण्डौ । हिमालयन  बैंक लिमीटेडले चालु आर्थिक  वर्षको दोश्रो त्रैमासमा १ अर्ब १० करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा १ अर्ब करोड थियो ।

बैंकले व्यवसाय बिस्तार गरी खूद ब्याज आम्दानी पनि बढाएको छ । गत वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ८० करोड  रहेको खूद ब्याज आम्दानी बढेर  यो वर्ष १ अर्ब ८६ करोड पुगेको हो।

बैंकले यो अवधिमा ९२ अर्ब ९७ करोड निक्षेप संकलन गरी ८२ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ९१ अर्ब ९ करोड निक्षेप संकलन गरी ७५ अर्ब  ५६ करोड कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा बैंकले २७ करोड २२ लाख राइट ब्याक गरेको छ भने संभावित जोखिम व्यवस्थापनका लागि २८ करोड प्रोभिजनमा राखेको छ ।

बैंक व्यवस्थापन खराब कर्जा नियन्त्रणमा असफल देखिएको छ । यहीकारण अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ०.९४ तथा चालु आबको पहिलो त्रैमासमा १.२४ प्रतिशत रहेको यस्तो कर्जा बढेर १.३२ प्रतिशत पुगेको छ ।

गत  वर्ष यही अवधिमा ४  अर्ब २ करोड रहेको रिजर्बकोष केही मजबुत भई ४ अर्ब  ६९ करोडको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष २.७१ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर  ६.३८ प्रतिशतको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २७.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५७.८८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.२१ गुणा कायम भएको छ ।