काठमाण्डौ ।हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

कम्पनीको १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।सर्वसाधारणतर्फको ३ करोड र संस्थापकतर्फको ७ करोड गरी कुल १० करोड कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो । 

यो कम्पनीको सेयर कारोबार संकेत ‘एचआरएल’ मा सूचीकृत भएको हो।

कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारदेखि दोस्रोबजारमा कारोबार सुरु हुनेछ।

कम्पनीको आरटीएस सेवा एनएमबि क्यापिटलले गर्नेछ ।कम्पनीको आर्थिक वर्ष २०७८/७९ सम्मको प्रतिशेयर नेटवर्थ १०३.०७ रुपैयाँ रहेको छ।

यस हिसाबले कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३.०७ रुपैयाँदेखि अधिकतममा ३०९.२१ रुपैयाँसम्मको ओपनिङ रेन्ज पाएको छ ।

कम्पनीको आईपीओ गत पुस ११ गते बाँडफाँट गरिएको थियो।कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको थियो।

१० कित्ता आवेदन दिने सबैले कम्पनीको सेयर पाएका थिए भने माग अनुरुप कतिपयले गोलाप्रथाद्वारा ४० कित्तासम्म सेयर पाएका थिए ।