bonus of Himalayan Bank
काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
बैंकको मंसिर १४ गते बसेको ३३८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।
यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिका साधारणसभाबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।
हिमालयन बैंक लिमिटेडले २०७३ कात्तिक २६ देखि मंसिर ३० सम्मका लागि सात बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरिसकेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ६४ करोड २७ लाख ३५ हजार रुपैयाँ बराबरका ६४ लाख २७ हजार तीन सय ५० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
हाल हिमालयन बैंकको चुक्तापुँजी चार अर्ब ४९ करोड ९१ लाख ४५ हजार रुपैयाँ रहेको छ । ७ बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी पाँच अर्ब १४ करोड १८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
यसपछि दिइने ३० प्रतिशत बोनस सेयरको व्यवस्थापनपछि बैंकको चुक्तापूँजी ६ अर्ब ७० करोड भन्दा बढी पुुग्नेछ । बैंकका अनुसार हाल हकप्रद भरेकाहरु भने बोनस सेयरका लागि योग्य मानिने छैनन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago