काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा डाकेको छ।

बैंक सञ्चालक समितिको गत पुस २ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको हो। जसअनुसार बैंकको सभा यही पुस २७ गते सोमबार काठमाण्डौको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश पारित गर्नेछ। बैंकले गत आर्थिक वर्षका लागि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेकोछ । जसमा १४ प्रतिशतले हुन आउने बोनस सेयर र ६ प्रतिशतले हुन आउने नगद लाभांश रहेका छन्। 

यसैगरी सभामा उपयुक्त सयमा उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने वा गाभिने वा प्राप्ति गर्न उपयुक्त देखिएमा आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ। 

लाभांश वितरण र वार्षिक साधारणसभाका लागि बैंकले पुस १४ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १३ गतेसम्म कायम सेयरधनीहरु लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।