काठमाण्डौ । चीनको प्रविधि कम्पनी हुवावेईले विश्वको सबैभन्दा द्रुत गतिको इन्टरनेट सेवा लन्च गरेको छ ।

उक्त कम्पनीको यो सेवामा १.२टेराबिट प्रतिसेकेन्डको गतिमा डाटा ट्रान्समिट गर्न सक्ने क्षमता रहेको छ ।

साउथ चाइना मर्निग पोस्टका अनुसार उक्त कम्पनीका भाइस प्रेसिडेन्ट वांग लेईले यो नेटवर्कबाट एक सेकेन्डमा १५० हाईडेफिनेशन (एचडी) सिनेमा बराबरको डाटा ट्रान्समिट हुन्छ । यसका अतिरित्तक्त यो सेवाले नेटफ्लिक्सको सबै ग्लोबल कन्टेन्ट प्रसारण गर्न सक्दछ ।

कम्पनीले यो प्रविधिको परीक्षण सुुरुवात गत जुलाईमा नै गरेको थियो । कम्पनीले पछिल्लो पटक आधिकारिक रुपमा यो प्रविधिको लन्च गरेको बताएको छ ।

उक्त  इन्टरनेट सेवाको सुरुवात कम्पनीले सिंघुआ विश्वविद्यालय, चाइना मोबाइल, हुवावेई टेक्नोलोजिज तथा सेर्नेट कर्पोरेसनसँगको संयुक्त सहकार्यमा गरेको हो ।

अमेरिका  तथा दक्षिण कोरियाभन्दा १० गुणा गति
कम्पनीले विश्वमै पहिलो पटक नेक्स्ट जेनेरेशन फाइबर इन्टरनेट सेवा सुरुवात गरेको हो । यसको गति अमेरिका  तथा दक्षिण कोरियाको इन्टेरनेट सेवाको गतिभन्दा १० गुना ज्यादा  रहेको छ । 

यो ३ हजार किलोमीटरभन्दा धेरै लामो अप्टिकल फाइबर केबलिंगमा फैलिएको ब्याकबोन नेटवर्क रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।यो नेटवर्कले अहिले उत्तरमा पेचिङ, मध्य चीनको वुहान  तथा दक्षिणी प्रान्त गुआङग्डोंगलाई जोडेको छ ।

अमेरिकामा हाल २४ हजार गिगाबाइट प्रतिसेकेन्डको गतिमा इन्टरनेट सेवा रहेको छ । यहाँ यो इन्टरनेट सेवा पाँचौ जेनेरेशन  अन्तरगत सञ्चालनमा छ ।

तर अन्य मुलुकमा भने १०० गिगाबाइट प्रतिसेकेन्डको गतिको इन्टरनेट सेवा सञ्चालनमा रहेको छ ।-एजेन्सी