काठमाण्डौ । ब्याजदर घटाउने अर्थमन्त्रीको निरन्तरको प्रयास बैंकहरुले असफल बनाइदिएका छन् । 

साउन महिनामा केही बैंकहरुले सहमतिविपरीत बढाएर ब्याजदर प्रकाशित गर्दाको परिणाम भदौमा देखिएको हो । फलस्वरुप अर्थमन्त्रीले ब्याजदर घटाउन भन्दै गरेका दौडधूप र दर्जनौ प्रयास विफल बनेका छन् । 

केही बैंकले साउनमा ब्याजदर ह्वात्तै बढाएर आफूसँग भएको संस्थागत निक्षेप खोसिदिएपछि अधिकांश बैंकहरुले ब्याजदर बढाएर प्रकाशित गरेका हुन् । 

भदौका लागि नयाँ ब्याजदर प्रकाशित गरेका २० वाणिज्य बैंकमध्ये १२ वटाको बढेको पाइएको छ भने ४ वटाले भने घटाएका छन् । बाँकी ४ वटाको ब्याजदर स्थिर रहेको छ । 

कुनले बढाए, कुनले घटाए ?
निक्षेपको ब्याजदर बढाएर प्रकाशित गर्ने बैंकहरुमा मुख्यतया सीडी रेसियोको सकस भोगिरहेकाहरु छन् । सीडी रेसियो मेन्टेन गर्नैका लागि आफूसँग भएको निक्षेप जोगाउनुपर्ने अवस्थामा रहेका बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएर अधिकतम १०.८९६ पुर्याएका छन् । यसको अर्थ संस्थागत मुद्दति निक्षेपको ब्याजदर ८.८९६ पुगेको छ । 

मुद्दति निक्षेपको ब्याजदर बढाउने बैंकहरुमा कृषि विकास बैंक, सिटिजन्स, ग्लोबल आइएमई, कुमारी, नेपाल बैंक, सानिमा अगाडि रहेका छन् । यस्तै, एभरेष्ट, लक्ष्मी सनराइज,माछापुच्छ्रे, सिद्धार्थ, प्रभू र राष्ट्रिय वाणिज्य बैंकले पनि ब्याजदर बढाएका छन् । 

गत महिना सहमतिविपरीत १० वर्षेभन्दा माथिको मुद्दति निक्षेपको ब्याजदर सबैभन्दा बढी बनाएको एनएमी बैंकले भदौका लागि पनि ब्याजदर घटाएको छ । यो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ९.९९ र संस्थागतको ७.९९ प्रतिशत बनाएको छ । 

ब्याजदर घटाएर प्रकाशित गर्ने अन्य बैंकहरुमा एनआइसी एशिया, प्राइम कमर्सियल बैंक र स्ट्याण्डर्ड चार्टर्ड रहेका छन् । 

साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरुमा नवील, हिमालयन, नेपाल एसबीआई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साउनको ब्याजदरलाई स्थिर मात्र गरेको छैन, ५.४ प्रतिशत रहेको बचतको ब्याजदरलाई घटाएर ५.२५ प्रतिशतमा झारेको छ । 

कुन बैंकले ब्याजदरमा के परिवर्तन गरे ? टेबल हेर्नुहोस्:

यसअघिका समाचार: