getty image
काठमाण्डौ । तेल निर्यातकर्ता देशहरुको साझा संगठन ओपेकको बिहीबार बसेको एक बैठकले कच्चा तेल उत्पादनमा हाल जारी कटौति सन् २०१८ को अन्तसम्म निरन्तर गर्ने निर्णय गरेको छ ।
यो कदमको मुख्य उद्देश्य लगातार गिरावटको मार व्यहोरिरहेको कच्चा तेलको मूल्यलाई माथि उठाउने रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
यसको स्पष्ट अर्थ यो हो कि आउँदा दिनमा कच्चा तेलको मूल्य अब लगातार बढ्नसक्छ । नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यमा यसको सिधा प्रभाव पर्नेछ ।
समाचार अनुसार ओपेकको भियानास्थित हेडक्वार्टरमा केही घण्टासम्म भएको छलफलमा सदस्य राष्ट्र कच्चा तेलको उत्पादन कटौतिलाई जारी राख्न सहमत भएका हुन् । तथापि, यो बैठकले लिबियाको आयल आउटपुट नियन्त्रणका लागि उत्पादनमा कटौतिको जरुरत छ या छैन भन्ने बिषयमा भने सहमति निकाल्न सकेन । लिबिया हाल आन्तरिक अस्थिरताको संकटबाट गुज्रिरहेको छ ।
केही दिनपछि १४ सदस्यीय ओपेकले नन्ओपेक देशसँग मिलेर संयुक्त रुपमा उत्पादन कटौतिको निर्णय लिने प्रयास गर्ने बताइएको छ । नन्ओपेक देशको नेतृत्व भने रुसले गर्नेछ । रुसले यो वर्ष पनि ओपेक देशसँग मिलेर उत्पादनमा कटौति गरेको थियो । रुसले समेत खराब गतिमा दौडिरहेको कच्चा तेलको अन्तर्राष्ट्रिय बजारलाई घाटाबाट बचाउनका लागि लगातार उत्पादन कटौतिको पक्षमा वकालत गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा क्रूड आयल(कच्चा तेल)को मूल्य प्रतिब्यारेल ६० डलरको उचाईमा पुगिसकेको छ । उत्पादन कटौतिको डिलमा अमेरिका भने सामेल छैन । रुसलाई यो डर छ कि उत्पादन कटौतिकै कारण तेलको बढ्दो माग पूरा गर्नका लागि अमेरिकाले उत्पादन नबढाइदियोस् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा नियन्त्रण राख्ने प्रयास कतिसम्म सफल हुन्छ या हुन्न भन्ने कुरा ओपेक र नन्ओपेक देशले आगामी दिनमा उठाउनसक्ने कदममा निर्भर रहनेछ । यदि दुवै खालका देश उत्पादन कटौतिको बिषयमा सहज रुपमा सहमत बने भने निश्चित छ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले उचाई चुम्नेछ र त्यसपछि हाम्रो देशको पेट्रोलियम पदार्थको मूल्य समेत आकाशिनेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19