काठमाण्डौ । साताको दोस्रो कारोबार दिन बुधबार बजारमा दिनभर नै उत्तारचढावमा रह्यो ।

दिनभर सकारात्मक रहेको बजारमा अन्त्यमा आएर करिब १७ अंकले गिरावट आयो । यो दिन बजारमा ५ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ ।

यो दिन भएको बजारलाई प्राविधिक रुपमा क्यान्डल स्टिकबाट हेर्दा बियरिस प्रकृतिको क्यान्डल बनेको छ । बजारलाई आवरली बेसमा हेर्दा क्यान्डलले तल्लो ब्यान्डलाई छोएको छ । 
 

आवरली बेसमा नै बजारको म्याक्डीमार्फत् नियाल्दा बजारले पुस ५ गतेदेखि नै वियरिस क्रसओभर बनाएको छ । हिस्टोग्राम नेगेटिभ र लामा लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोन ८३ बाट खसेर हाल ४८ को न्युट्रल जोनमा पुगेको छ ।

मनी फ्लो इन्डेक्स २९ को तहमा चलेको छ । समग्रमा सवै इन्डिकेटरबाट हर्दा बजारमा बिक्री दबाब कायमै रहेको देखिन्छ । पिभट् प्वइन्टमार्फत् बजारलाई नियाल्दा यो दिन पिभट् प्वइन्ट २ हजार ७० को विन्दुमा सपोर्ट लिएको बजार आगामी कारोबारमा पनि यहि विन्दुभन्दा माथि बाटै फर्कनु पर्ने  छ ।

यदि यहाँबाट तल खस्यो भने बजारले पहिलो सपोर्ट  २ हजार ५०, दोस्रो सपोर्ट २ हजार २० र १ हजार ९८८ विन्दुमा सपोर्ट लिन सक्छ । यदि बढेमा भने बजारले क्रमश : २ हजार १०१,२ हजार ११९ र २ हजार १५०  विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । 
(नोट : सेयर बजार लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन । )