काठमाण्डौ । सानिमा बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

बैंकको भदौ २२ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

बैंकले बोर्डले गरेको निर्णयको बिषयमा बुधबार नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको थियो । 

यो निर्णय बैंकको आगामी वार्षिक साधारणसभा र नेपाल राष्ट्रबैंकबाट समेत स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ । 
गत वर्ष सानिमा बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद वितरण गरेको थियो । 

सानिमा बैंकले आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब ४ करोड खूद नाफा आर्जन गरेको छ । यो बैंकको चुक्तापूँजी ४ अर्ब ५९ करोड रहेको छ । २०७३, असार १ मा जारी ५० प्रतिशत हकप्रद सेयर र अहिले घोषित १५ प्रतिशत बोनस सेयरको समेत व्यवस्थापनपछि चुक्तापूँजी ५ अर्ब २७ करोड पुग्नेछ ।