काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ मा ६४ करोड खूद नाफा कमाएको जनता बैंक लिमीटेडले सञ्चित कोष र सेयर प्रिमियमबाट समेत रकम थपेर लगानीकर्तालाई १ अर्ब बढीको बोनस सेयर वितरण गर्ने भएको छ । 

बैंकको शुक्रबार बसेको २३९ औं बोर्ड बैठकले २०७४ असारसम्म कायम चुक्तापूँजी ६ अर्ब ९९ करोडको १४.४० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । 

यो हिसाबले जनता बैंकले १ अर्ब ७० लाख ९१ ह्जार ९ सय ३५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । 

नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट यो प्रस्ताव पारित भएपछि लगानीकर्ताले प्रस्तावित बोनस सेयर पाउनेछन् । 
बोनस सेयर वितरणपछि जनता बैंकको चुक्तापूँजी ८ अर्ब पुुग्नेछ ।