काठमाण्डौ । नेपाल बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ लोभलाग्दो प्रगति गरेको छ । यो अवधिमा बैंकको खूद नाफा २ अर्ब नजिक पुुगेको छ । 

अघिल्लो वर्ष १ अर्ब ४ करोड रुपैयाँमा सीमित खूद नाफामा करिब ८१ प्रतिशतको वृद्धि हासिल गर्दै यो वर्ष १ अर्ब ८९ करोड खूद नाफा आर्जन गरेको हो । 

यो अवधिमा बैंकले  ८४ अर्ब ८३ करोड निक्षेप संकलन गरी ७० अर्ब ८१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ८० अर्ब २२ करोड निक्षेप संकलन गरी ५५ अर्ब १३ करोड कर्जा परिचालन गरेको थियो । बैंकको संचालन मुनाफा दुुई गुणाले बढेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ६४ करोड ३६ लाखमा सीमित संचालन मुनाफा यो वर्ष सोही अवधिमा १ अर्ब ३८ करोडको उचाईमा पुुगेको हो । 

बैंकले व्यवसाय बिस्तारमा समेत आक्रामक रणनीति लिएको देखिएको छ । यही कारण अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ८१ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष २ अर्ब ५४ करोडको उचाईमा पुुगेको छ । 

बैंकले अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ५४ करोड नेगेटिभ रहेको रिजर्बमा २ अर्ब २६ करोड शानदार रिकभरि गर्न सफल भएको छ । दोश्रो त्रैमाससम्म यो बैंकको चुक्तापूँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

बैंकले निस्क्रिय कर्जा अनुपातलाई समेत घटाएको छ । अघिल्लो वर्ष ३.८५ प्रतिशत रहेको कर्जाको अनुपात घटेर यो वर्ष २.८५ प्रतिशतमा झरेको हो । 

बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा प्रति सेयर आम्दानी ७१ रुपैयाँ ७६ पैसा रहेकोमा यो वर्ष घटेर ५८ रुपैयाँ ३१ पैसा कायम भएको हो  बैंकको प्रति सेयर नेटवर्थ १३५ रुपैयाँ ५४ पैसा र मूूल्य आम्दानी अनुपात ६.९५ गुणा कायम भएको छ । 

बैंकले २३.७४ प्रतिशत हकप्रद निश्कासन गर्न लागेको छ । हकप्रदको निश्कासन र व्यवस्थापनपछि बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपैयाँ पुुग्नेछ ।