काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ मा विकास बैंकहरुमध्ये सर्वाधिक करिब ७१ करोड मुनाफा आर्जन गर्न सफल महालक्ष्मी विकास बैंक लिमीटेडले सेयरधनलाई नगद लाभांश वितरण गर्ने भएको छ । 

यो बैंकको पुस २८ गते बसेको संचालक समितिको बैठकले ९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

यति डेभलपमेन्ट बैंकलाई गाभेर मजबुत बनेको यो विकास बैंकले २ अर्ब ६३ करोड चुक्तापूँजी पुर्याइसकेको छ । राष्ट्रबैंकले तोकेको पूँजी पुर्याउने झञ्झट नरहेका कारण समेत बैंकले यो वर्ष नगद लाभांशमै जोड दिएको बताइएको छ ।