काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांशको डबल अफर दिएको छ । 

यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यकसहित १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश गत वर्षको भन्दै कम हो । अघिल्लो वर्ष यो लघुवित्तले १६ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल ३१ प्रतिशत लाभांश वितरण गरेको थियो । 

मंसिर १२ गते बसेको कम्पनीको २३४ औं बोर्ड बैठकले प्रस्ताव गरेको लाभांशको डबल अफर नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 

घोषित १० प्रतिशत बोनस सेयरको पूँजीकरणपछि यो कम्पनीको चुक्तापूँजी बढेर ७७ करोड ३४ लाखको उचाईमा पुग्नेछ ।