काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अधिकांश सूचकहरुमा राम्रो प्रगति गरेको छ।
यो लघुवित्तले समीक्षा अवधिमा ५२ करोड ७५ लाख खुद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा खूद नाफा ३२.१८ प्रतिशतले बढाएको हो ।
कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ५२ करोड १३ लाखमा सीमित संचालन नाफामा करिब ४३ प्रतिशतको प्रगति गर्दै ८१ करोड ६५ लाखको उचाई चुमाएको छ ।
अघिल्लो वर्ष ९४ करोड ६५ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब १५ करोडको उचाईमा पुगेको छ भने १ अर्ब ८ करोडमा सीमित रिजर्बको आकार बढाई १ अर्ब ३८ करोडको उचाईमा पुगेको छ ।
समीक्षा अवधिमा निर्धन उत्थानले १० अर्ब २७ करोड निक्षेप संकलन गरी तथा ७ अर्ब २६ करोड सापटी लिएर १८ अर्ब ५५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेप, सापटी र कर्जातर्फ कम्पनीले क्रमशः ३०.२७, १५.३९ र २५.५१ प्रतिशतको प्रगति गरेको देखिन्छ ।
अधिकांश सूचकमा प्रगति गरे पनि निर्धन उत्थानको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो वर्षको यही अवधिमा ०.८३ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर १.१३ प्रतिशत पुगेको हो ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ५८.६२ रुपैयाँ पुगेको छ, यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.१५ प्रतिशतले बढी हो।
यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २१५.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३ गुणा कायम भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19