काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले यो वर्षका लगानीकर्तालाई १८ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने हैसियत बनाएको छ। 

बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब १० करोड वितरणयोग्य मुनाफा आर्जन गरेको हो । मुनाफाको यो दर चौथो त्रैमाससम्म पनि कायमै रहे बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई १८ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिएको हो । 

हाल यो बैंको चुक्तापूँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको छ । 

बैंकले समीक्षा अवधिमा १ अर्ब ७३ करोड खूद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ५५ करोड मात्र खूद नाफा आर्जन गरेको थियो । 

यो बैंकले अघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब २० करोडमा सीमित संचालन मुनाफालाई बढाएर २ अर्ब ४६ करोडको उचाई चुमाएको छ भने २ अर्ब ३९ करोड रहेको खूद ब्याज आम्दानी बढेर २ अर्ब ५५ करोडको उचाईमा पुगेको छ । बैंकले यो अवधिमा ४ अर्ब ६५ करोड ब्याज आम्दानी गरी २ अर्ब ९ ब्याज खर्र्च गरेको छ । 

समीक्षा अवधिमा बैंकले ७० अर्ब ८१ करोड निक्षेप संकलन गरी ५३ अर्ब ४६ करोड कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा ६० अर्ब ७१ करोड निक्षेप संकलन गरी ४५अर्ब १७ करोड बढी कर्जा परिचालन गरेको थियो। 

बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ३ अर्ब ८४ करोडमा सीमित रिजर्बको आकार बढाई ४ अर्ब ५१ करोडको उचाई चुमाएको छ भने ०.२१ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा ०.२० प्रतिशतमा सीमित भएको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म ३.८० प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ५.४१ प्रतिशत पुगेको छ भने चैत मसान्तसम्म बैंकको सीसीडी रेसियो ७८.४७ को टाइट अनुपातमा रहेको देखिएको छ। 

अघिल्लो वर्षको यही अवधिमा ७.२० प्रतिशत रहेको आधार दर बढेर ७.७४ प्रतिशत पुगेको छ भने समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २८.८७ रुपैयाँ रहेको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७७.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.४७ गुणा रहेको छ ।