donald trump
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ७ मुस्लिम बाहुल्य देशका प्रवासी तथा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा ९० दिनका लागि प्रतिबन्ध लगाएका छन् । तर उनले यस्तो प्रतिबन्ध लगाउँदा विश्वभरबाट आएका प्रवासीहरुकै महत्वपूर्ण योगदानको कारण अमेरिका महाशक्ति राष्ट्र भएको यथार्थ र तथ्य भने बिर्सिएका पाइएको छ । त्यति मात्र होइन, उनी आफैं पनि प्रवासीकै सन्तान रहेको यथार्थ समेत उनले भूलेका अन्तराष्ट्रिय मिडिया रिपोर्टहरुमा उल्लेख छ । आउनुहोस्, अमेरिकालाई महाशक्ति बनाउन महत्वपूर्ण योगदान गरेका केही कम्पनीका लिडरहरुको चाखलाग्दो बिषय जानौं:
एलन मस्क, टेस्ला
अमेरिकाकै चर्चित अटोमेकर तथा इनर्जी स्टोरेज कम्पनी टेस्लाका फाउण्डर एलन मस्क साउथ अफ्रिकामा जन्मिएका थिए । उनी क्यानडाबाट अमेरिकामा प्रवासीको रुपमा आएका थिए ।
स्टीव जब्स, एप्पल
सिरियामा बस्ने अब्दुलफतह जन्दाली(मुस्लिम) तथा जर्मनकी क्यारोल सिवेलका सन्तान स्टीव जब्सले नै एप्पल कम्पनीको स्थापना गरेका थिए ।
स्टीव वोज्नियाक, एप्पल
एप्पल कम्पनीलाई स्थापित गर्न दुुई स्टीवको महत्वपूर्ण योगदान थियो भनिन्छ । ती दुुईमा एक थिए स्टीव जब्स र अर्का थिए स्टीव वोज्नियाक । जब्स जस्तै वोज्नियाक पनि यूक्रेनी आप्रवासीका छोरा थिए ।
ल्यारी इलिसन, ओराकल
प्रतिष्ठित अमेरिकी कम्प्युटर टेक्नोलोजी कम्पनी ओर्याकलका सहसंस्थापक ल्यारी इलिसन समेत इटलीबाट प्रवासीका रुपमा आएका हुन् । उनलाई एक अविवाहित यहुदी महिलाले जन्म दिएकी थिइन ।
सेरगे ब्रिन, गुुगल
रुसमा जन्मिएका सेरगे ब्रिनले ल्यारी पेजसँग मिलेर विश्वकै सबैभन्दा ठूलो सर्च इञ्जिन कम्पनी गुुगलको स्थापना गरेका थिए । उनी हाल गुुगलको माउ कम्पनी अल्फाबेटका प्रेजिडेन्ट छन् ।
सुन्दर पिंचाई, गुुगल
गुुगलका हालका सीइओ सुन्दर पिंचाई भारतीय–अमेरिकी हुन् । उनले भारतको प्रतिष्ठित संस्थान आइटीआइगी खड्गपुरबाट बी–टेक गरेका थिए । २०१५ डिसेम्बरमा उनलाई गुुगलको सीइओ नियुक्त गरिएको थियो ।
पियरे ओमिड्यार, ई–बे
विश्वकै प्रतिष्ठित इकमर्स तथा अक्सन साइट ई–बेका संस्थापक पियरे ओमिड्यार पनि इरानबाटै आएका हुन् । फ्रान्समा जन्मिएका उनलाई आमाबुुबाले परवेज नाम राखिदिएका थिए ।
एडूूअर्डो सेवरिन, फेसबुुक
फेसबुकका सह–संस्थापकमध्येका एक एडूूअर्डो सेवरिन ब्राजिलका आप्रबासी हुन् ।
स्टीव चेन, यूट्यूूव
ताइवानमा जन्मिएका स्टीव चेन यूूट्यूूवका सहसंस्थापक हुन् । उनी निकै लामो समयसम्म कम्पनीको चिफ टेक्नोलोजी अफिसर पनि भए ।
एमेडियो गियान्निनी, बैंक अफ अमेरिका
बैंक अफ अमेरिकाका संस्थापक एमेडियो गियान्निनीका मातापिता इटलीका प्रवासी नागरिक थिए।
एण्ड्यूू ग्रो, इन्टेल
विश्वकै प्रतिष्ठित कम्प्युुटिङ कम्पनीमध्येको एक इन्टेलका संस्थापक एण्ड्यूू ग्रो हंगेरीबाट आएर अमेरिकामा बसेका थिए । ग्रोको गत वर्षको मार्चमै निधन भइसकेको छ ।
विलियम बोइङ, बोइङ एयरोस्पेस
विश्वकै प्रतिष्ठित बिमान निर्माता कम्पनीमध्येको एक बोइङ एयरोस्पेस स्थापना गर्ने विलियम बोइङ अस्ट्रिया र जर्मनीबाट आएका प्रवासीका सन्तान थिए ।
डोनाल्ड ट्रम्पकै मातापिता पनि प्रवासी !
सबैभन्दा चाखलाग्दो कुरा यो हो कि प्रवासीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैं स्कटिस महिलाका सन्तान हुन् भने उनका पिता जर्मन नागरिक थिए । उनका हजूरबुुबा हजूरआमा तथा आमाको जन्म यूरोपमै भएको थियो । ट्रम्पका हजूरबुुबा हजूरआमा जर्मनीको कलस्टेड शहरबाट अमेरिका गएका थिए ।
बराक ओबामा, पूर्व अमेरिकी राष्ट्रपति
यति मात्र होइन, ट्रम्प भन्दा अघिका अमेरिकी राष्ट्रपति बराक ओबामा पिता समेत केन्याई मूलका मुस्लिम थिए भने उनकी आमा अमेरिकी इसाई थिइन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19