काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ७.१२ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ । 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो । 

दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ८३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

बैंकले ८० अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ७५ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

बैंकको रिजर्भको आकार भने ०.१७ प्रतिशतले घटेको छ । गत वर्ष ५ अर्ब १० करोड रुपैयाँ रहेको रिजर्भमा घटेर ५ अर्ब ९ करोड रुपैयाँ रहेको छ । 

बैंकको खराब कर्जा अनुपात ०.०३ प्रतिशतले घटेको छ । गत वर्ष ०.२० प्रतिशत रहेको खराब कर्जाको अनुपात ०.१७ प्रतिशतमा घटेको हो । बैंकको कस्ट अफ फन्ड पनि ०.३० प्रतिशतले घटेको छ । गत वर्ष ५.१३ प्रतिशत रहेको कस्ट अफ फन्ड घटेर ४.७७ मा झरेको छ । 

बैंकको आधार दर पनि ०.२२ प्रतिशतले घटेको छ । गत वर्ष बैंकको आधार दर ७.५५ प्रतिशत थियो । अहिले यो दर ७.३३ प्रतिशत रहेको छ ।