काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ३४ औँ वार्षिक साधारणसभा डोकेको छ।

बैंक सञ्चालक समितिको गत मंसिर ३० गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको हो। सभा यही पुस २४ गते काठमाण्डौको नयाँबानेश्वरस्थित एभरेस्ट होटेलमा भर्चुअल भिडियो कन्फ्रेन्स माध्यमबाट हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ११.८४ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले यही पुस ९ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ८ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।