काठमाण्डौ । तीन लघुवित्त कम्पनीको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ।
विजय, लक्ष्मी र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। यी तीनै भोलि पुस १७ गते बुक क्लोज गरेका छन्। यसको अर्थ आज पुस १६ गतेसम्म कायम सेयरधनीले यी लघुवित्तको प्रस्तावित लाभांश सुरक्षित गर्न सक्नेछन्।
गत आर्थिक वर्षको मुनाफाबाट विजय लघुवित्तले कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १९ प्रतिशत बोनस र १ प्रतिशत नगद रहेका छन्।
यसैगरी लक्ष्मी लघुवित्तले कुल २३.१६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १५ प्रतिशत बोनस र ८.१६ प्रतिशत नगद रहेका छन्।
त्यस्तै मेरो माइक्रोफाइनान्सले १७ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी कुल १८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
यी तीनै लघुवित्तको प्रस्तावित लाभांश यही पुस २९ गते हुने वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19