काठमाण्डौ । युक्रेनविरुद्ध रुसको आक्रमणले दुवै पक्षको धनजनको क्षतिमात्र होइन विश्वलाई ठूलो खाद्यसंकटमा धकेलिएको छ। यसले विश्वमा भोकमरी निम्ति सम्भावना बढ्न सक्ने देखिएको छ। 

यो युद्धअघि रुस र युक्रेन विश्वको बजारमा सबैभन्दा ठूलो खाद्य बिक्रेता थिए। यी देश अन्न र तरकारी तेलको सबैभन्दा ठूलो निर्यातकर्ता थिए। यसबाहेक रुस आफैँ पनि पेट्रोल, पेट्रोल उत्पादन र ग्यासको सबैभन्दा ठूलो निर्यातकर्तामा पर्छ। तर, रुस र युक्रेन दुवैबाट यी वस्तुहरुको निर्यातको गति सुस्त भएको छ। 

युक्रेन आफैँले अहिले खाद्यसंकटको सामना गरिरहेको छ। युक्रेनमा खाद्यान्न नपुगेकाले रुसी नौसेनाले आफ्ना बन्दरगाहहरु अवरुद्ध गरेको छ। युक्रेनको अवस्था अब बिग्रिने बताइएको छ।

युक्रेनको खेतबारीमा बारुदी सुरुङ बिछ्याइएको छ र ट्यांकमार्फत आक्रमण जारी राखिएको छ। यसले गर्दा यो वर्ष बाली भित्र्याउने सम्भावना कम देखिन्छ। 

युद्धले कारण ठूलो समस्या सिर्जना गरेको छ। विशेषगरी त्यस्ता गरिब देशहरु समस्यामा परेका छन्, जहाँ धेरैजसो परिवारको पैसा खानामै खर्च हुन्छ।

गत वर्षको भयंकर खडेरीको सामना गरेको मानिसहरु अहिले महँगीको सामना गरिरहेका छन्। अहिलेको महँगी पछिल्लो ३२ वर्षकै उच्च विन्दुमा पुगेको छ। 

युक्रेन र रुसबीच जारी युद्धका कारण कृषिमा प्रयोग हुने इन्धनको मूल्य ह्वात्तै बढेको छ। सामुद्रिक र सडकबाट सामान ढुवानी, ऋण, मल, भण्डारण सेवा पनि महँगो भएको छ। मानिस र गाईवस्तुका लागि खाद्यान्नको उपलब्धता घट्दै गएपछि मासु तथा अन्य खाद्यवस्तु महँगो बन्दै गएको छ।

विश्वमा भोकमरी निम्तिने सम्भावना प्रबल देखिएको छ। ब्रुजेल रिसर्च सेन्टरका विज्ञहरु भन्छन्, ‘सबैभन्दा खराब अवस्थामा पनि विश्वमा मानिसहरुलाई खुवाउन पर्याप्त खाना छ।

स्थिति कठिन हुन सक्छ। मानिसहरुले कम खानामा काम गर्नुपरेको थियो। तर, गरिब राष्ट्रहरु र जहाँ संघर्ष चलिरहेको छ, ती देशहरुमा भने भोकमरी निम्तिने खतरा बढ्दै गएको छ।’ 

सबैभन्दा खराब अवस्था ती विकासशील देशहरुमा हुनेछ, जुन सुक्खा क्षेत्रमा पर्छन्। यसमा मध्यपूर्वदेखि उत्तर अफ्रिकासम्मका देशहरु समावेश छन्। यी देशहरुले आफ्नो ९० प्रतिशत खाद्यान्न आयात गर्छन्। यसको निकटतम निर्यातकर्ताहरु रुस र युक्रेन हुन्।
खाद्यान्नको मूल्य बढ्दा मानवीय संकट र राजनीतिक जोखिम पनि बढ्नेछ। 

विश्व बैंक र युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टका विज्ञहरुका अनुसार युक्रेनमा रुसको आक्रमणबाट अप्रत्यक्ष रुपमा टर्की, इजिप्ट, भारत, थाइल्यान्ड, जर्जिया, आर्मेनिया, दक्षिण अफ्रिका, लेबनान र श्रीलंकासमेत प्रभावित हुन सक्छन्।

वर्तमान अवस्थामा यी देशहरुको अवस्था खराब छ। किनकि ती देशहरु रुसमा धेरै निर्भर छन्। उनीहरुको रुससँग व्यापार छ।

यी देशहरु आर्थिक संकटबाट गुज्रिरहेका छन्। जसले आन्तरिक राजनीतिक स्थिरतालाई खतरामा पार्न सक्छ। उदाहरणका लागि इजिप्ट विश्वको सबैभन्दा ठूलो खाद्य आयातकर्ताहरुमध्ये एक हो।

युद्धअघि २० प्रतिशत पर्यटक रुसबाट त्यहाँ गएका थिए। टर्की पनि ९३ प्रतिशत तेल आयातमा र ९९ प्रतिशतसम्म ग्यास आयातमा निर्भर छ।

युक्रेनबाहेक रुसबाट खाद्यान्न र तेल आयात गर्ने यसका सबै छिमेकी मुलुकले समस्या भोग्न सक्छन्। ती देशहरुका लागि पनि समस्या हुनेछ, जहाँको जनसंख्याको एक हिस्सा कामको खोजीमा रुसमा जान्छ। 

अफगानिस्तान र यमनजस्ता आन्तरिक द्वन्द्व भएका देशहरुले वास्तवमा भोकमरीको सामना गर्न सक्छन्।

संयुक्त राष्ट्रसंघका अनुसार रुस–युक्रेन युद्धअघि नै ३८ देशका ४ करोड ४० लाख मानिसले भोकमरीको सामना गरिरहेका थिए। युद्धका कारण एसिया, अफ्रिका र मध्यपूर्वका देशहरुमा यो संख्या अझै ८० लाखदेखि १ करोड ३० लाखले बढ्न सक्ने राष्ट्रसंघले जनाएको छ।–एजेन्सी