– रेखा चन्द
काठमाण्डौ । मधेश प्रदेशका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध विरोध कार्यक्रम गरिरहेका छन्।
उद्योगी–व्यवसायीले बैंकिङ आंतक बन्द गर्न, बैंकको अव्यवहारिक नीति खारेज गर्न, कर्जाको ब्याजदर घटाउनलगायत माग गर्दै प्रदर्शन गरी शान्तिपूर्ण विरोध कार्यक्रम गरेका हुन्। विरोध कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ सिरहा, रामनगर मिचैया उद्योग वाणिज्य संघ, सिरहा नगर उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ गोलबजार, सुखीपुर उद्योग व्यापार समिति, धनगढीमाई उद्योग व्यापार समितिलगायत संघसंगठनका उद्योगी–व्यवसायीको बाक्लो उपस्थिति थियो।
कोभिड महामारीपछिको वर्तमान देशको अर्थतन्त्रमा देखा परेको आर्थिक संकट तथा नेपाल राष्ट्र बैंकबाट जारी चालुपुँजी निर्देशिका, २०७९ का कारण देशभरका उद्योगी–व्यवसायी निजी क्षेत्रका धरासायी हुने अवस्था सिर्जना भएका उद्योगी–व्यवसायीको भनाइ छ।
बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाहमा गरेको ढिलासुस्ती प्रसूतिमा जागेता तथा चर्को व्याज दरका साथै लिलामी प्रक्रिया अगाडि बढाएका कारणले उद्योगधन्दा, कलकारखाना तथा व्यावसायी धमाधम बन्द भई रहेको अवस्था छ।
नेपाल सरकार, नेपाल राष्ट्र बैंकलाई त्यस प्रकारको नीतिहरुलाई अवलम्बन सच्याई उद्योगी–व्यवसायीमैत्री नीति निर्माण गर्न नेपाल उद्योग वाणिज्य महासंघका माध्यमबाट सम्पूर्ण जिल्ला नगर उद्योग संघका अनुरुप जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको माग छ।
संघले विगतदेखि यस विषयमा प्रधानमन्त्री अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गर्भनरलगायतका सरोकारवाला पक्षहरुलाई ध्यानार्कणपत्रमार्फत बढाएको ब्याज दर फिर्ता र बढाउँदै गरेको ब्याजदर तत्काल रोक्न अनुरोध गर्दै आएको थियो। तथापि संघको अनुरोधलाई बेवास्ता गर्दै बैंकहरुले निरन्तर मनपरी ढंगले ब्याज बढाउने सेवा शुुल्कको नाममा अनेकौँ शुुुल्क लिई आर्थिक भार थप्ने, ब्याज किस्ताका लागि मानसिक तनाव दिनेलगायतका कार्यहरु लगातार भइरहेकोले उद्योग–व्यवसाय र समग्र निजी क्षेत्रलाई बचाउनका लागि विभिन्न मागहसहित चरणबद्ध रुपमा आन्दोलनमा अगाडि बढने निर्णय गरेका छन्।
यी हुुन् मागहरु
यसअघि उद्योगी–व्यवसायीहरुले गत कात्तिक १८ गते जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएका थिए। यस्तै सोही दिन उद्योग वाणिज्य संघ गोलबजारमा पत्रकार सम्मेलन पनि गरेको थिए। कात्तिक १९ गते बैंकर्स एसोसिएसनसँग जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानमा छलफल गरिएको थियो।
यस्तै आज जिल्लाभरि व्यापारिक प्रतिष्ठान बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म बन्द गरी विरोध र्याली गरी कोणसभा आयोजना गरिएको छ। भोलि कात्तिक २१ गते जिल्लाभरिका बैंकहरुमा १० बजेदेखि १ घन्टा प्ले कार्ड बोकी धर्ना बस्ने कार्यक्रम रहेको छ भने कात्तिक २३ गतेसम्म पनि मागहरु सम्बोधन नभए बैठक बसी थप आन्दोलनका कार्यक्रम निर्धारण गर्ने उद्योगी–व्यवसायीहरुको कार्यक्रम रहेको छ।
उद्योगी–व्यवसायीहरुले आफ्ना मागहरु नभए थप कडा आन्दोलनमा उत्रने बाध्य हुने पनि चेतावनी दिएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago