काठमाण्डौ । चीनले मंगलबार केही महत्वपूर्ण निर्णय गर्दै रुससँगको सम्बन्धलाई थप मजबुत बनाउने संकेत गरेको छ।
यीमध्ये सबैभन्दा महत्वपूर्ण निर्णय भनेको अमेरिकी डलर र युरोलाई दुई देशबीचको व्यापारमा प्रयोग नगर्ने रहेको छ। यस्तो निर्णयबाट पनि चीनले अमेरिकालाई कडा संकेत दिने प्रयास गरेको छ।
चिनियाँ विदेशमन्त्री चिन ग्याङले अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा चीन र रुसले राम्रो उदाहरण बसाइरहेको बताए। चीन र रुसबीचको व्यापारमा अमेरिकी डलर र युरो प्रयोग नगर्ने निर्णयबारे सोधिएको प्रश्नमा विदेशमन्त्री ग्याङले चीनले प्रभावकारी, सुरक्षित र भरपर्दो मुद्रा प्रयोग गर्ने बताए। ‘मुद्रालाई एकतर्फी प्रतिबन्ध लगाउनका लागि ट्रम्प कार्डका रुपमा प्रयोग गर्नुहुँदैन’, उनले भने।
रुसी मिडिया रिपोर्टका अनुसार गत महिना पहिलोपटक चिनियाँ मुद्रा युआन अमेरिकी डलरलाई पछि पार्दै रुसी बजारमा सबैभन्दा बढी कारोबार हुने मुद्रा बनेको छ। युआनले रुसी बजार कारोबारको करिब ४० प्रतिशत हिस्सा ओगटेको छ भने अमेरिकी डलरको हिस्सा ३८ प्रतिशतभन्दा अलि बढी छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19