 
                     
                                
                             
                                    काठमाण्डौ । हाल सञ्चालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकहरुले आफ्नो तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।
विकास बैंकहरुले तेस्रो त्रैमास (साउन–चैत)सम्म वित्तीय विवरण सार्वजनिक गरेका हुन्। यो अवधिसम्म अधिकांश विकास बैंकको नाफामा संकुचन आएको छ। खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज बढेर जाँदा अधिकांश बैंकहरुको नाफामा संकुचन आएको देखिएको छ।
नाफा प्रभावित हुँदा अन्य केही वित्तीय सूचकमा पनि असर परेको देखिन्छ। ब्याज आम्दानी भने अधिकांश विकास बैंकको बढेको छ।
त्यसो बिजनेस ग्रोथ भने विकास बैंकहरुमध्ये महालक्ष्मीको प्रगति राम्रो देखिएको छ। महालक्ष्मीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४९ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १५.७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष महालक्ष्मीले ४२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो।
बढी निक्षेप संकलनमा महालक्ष्मी दोस्रो स्थानमा छ। यसले महालक्ष्मीमा निक्षेपकर्ताको विश्वास बढ्दै गएको प्रस्ट हुन्छ। यसअघि दोस्रो त्रैमासमा पनि निक्षेप संकलनतर्फ महालक्ष्मीले राम्रै प्रगति गरेको थियो।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकले नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ। सेवाग्राहीको भरोसा बढेकै कारण व्यापार विस्तारमा महालक्ष्मीले फड्को मार्दै आएको छ।
सबैभन्दा धेरै निक्षेप संकलन गर्नेमा शाइन रेसुंगा पहिलो स्थानमा छ। यो बैंकले तेस्रो त्रैमाससम्म ५२ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २१.२ प्रतिशतले बढी हो।
तेस्रो त्रैमाससम्म राष्ट्रियस्तरका ८ वटा विकास बैंकले कुल ४ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म यी बैंकले ४ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेका थिए। यो हिसाबले यी विकास बैंकहरुको ८.७१ प्रतिशतले निक्षेप बढाउन सफल भएका छन्।
उता कर्जा परिचालनमा पनि शाइन रेसुंगा नै पहिलो स्थानमा छ। समीक्षा अवधिसम्म शाइन रेसुंगाले ४२ अर्ब ५८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले ३४ अर्ब ४७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। शाइन रेसुंगाले कर्जा परिचालन २३.५३ प्रतिशतले बढाएको छ।

कर्जा परिचालनतर्फ महालक्ष्मी पाँचौँ स्थानमा छ। यो बैंकले अघिल्लो वर्षको तुलनामा ३.९९ प्रतिशतले कर्जा बढाउँदै ३६ अर्ब ३० करोड रुपैयाँ प्रवाह गरेको छ।
महालक्ष्मीले तेस्रो त्रैमाससम्म ३७ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
समग्र ८ वटा विकास बैंकहरुले भने ४ खर्ब ४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेका छन्। जुन अघिल्लो वर्ष यही अवधिसम्म ३ खर्ब ८३ अर्ब रुपैयाँमा सीमित थियो। विकास बैंकहरुको कर्जा लगानी पनि ५.४० प्रतिशतले बढेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19