काठमाण्डौ । ट्विटर प्रयोगकर्तालाई एलन मस्कले झट्का दिएका छन्।

एलन मस्कले समाचार संस्था (मिडिया पब्लिसर)ले यो महिनादेखि यस सोसल मिडिया प्लेटफर्ममा आफ्ना लेखहरु पढ्नका लागि प्रयोगकर्ताबाट शुल्क लिन सक्ने घोषणा गरेका हुन्। उनीहरुलाई प्रतिक्लिक चार्ज गर्न अनुमति दिइने मस्कले बताएका छन्। 

यो सुविधा सुरु भएपछि मासिक सदस्यता नभएका र बेलाबेलामा लेख पढ्न चाहने प्रयोगकर्ताले पनि लेखहरु पढ्न सक्नेछन्। त्यस्ता प्रयोगकर्ताले प्रतिलेख शुल्क तिर्नुपर्नेछ। मस्कले भने, ‘यो मिडिया संस्था र आमजनता दुवैका लागि ठूलो जित हुनुपर्छ।’

कन्टेन क्रिएटरहरुका लागि यसबाट पैसा कमाउनका लागि यो सुविधाका साथ ट्विटरले धेरै संस्थामा कटौती गर्ने मन्दीको बीचमा मिडिया हाउसहरुलाई मद्दत गर्ने लक्ष्य राखेको छ। यसअघि ट्विटरले विश्वभरका क्रिएटरहरुले अब ‘मोनेटाइजेसन’ टुलमार्फत ट्विटरमा साइन अप गरेर कमाउन सक्ने जनाएको थियो। तर, यसमार्फत कम्तीमा ५०० फलोअर भएका क्रिएटरले मात्र पैसा कमाउन सक्नेछन्। 

अकाउन्ट भेरिफिकेसन हुँदा यो पछिल्लो ३० दिनको लागि सक्रिय हुनुपर्छ। मस्कले भनेका छन्, ‘सम्पूर्ण आम्दानी कन्टेन क्रिएटरहरुमा जानेछ र ट्विटरले यसका लागि तत्काल कुनै शुल्क लिने छैन।’ –एजेन्सी