काठमाण्डौ । पाकिस्तान अहिले आफ्नो इतिहासकै सबैभन्दा कठिन आर्थिक संकटसँग जुझिरहेको छ। यो संकट झनै गहिरिँदै गएको छ। 

एकातिर महँगी चरम सीमामा छ। अर्कोतिर इन्धनको भाउ आकासिँदा सर्वसाधारणको पहुँचबाट टाढा भएको छ। 

इन्धनको कमीको कारण पाकिस्तानको एभिएसन सेक्टर निकै प्रभावित भएको छ। राष्ट्रिय एयरलाइन्स पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)ले आफ्नो उडानहरु रद्द गरिरहेको छ। 

पीआईएले इन्धनको अभावकै कारण ४८ उडान रद्द गरेको छ। इन्धनको बाँकी बक्यौता भुक्तानी गर्न नसक्नु र केही परिचालन मुद्दाका कारण इन्धन आपूर्तिमा प्रतिबन्ध लाग्नुले पीआईएको उडान सञ्चालन प्रभावित भइरहेको छ। जसका कारण पछिल्लो ३ दिनमा पीआईएले अन्तर्राष्ट्रिय र घरेलु गरी ४८ उडान रद्द गरेको छ। 

बाँकी रकम भुक्तानी गर्न नसकेपछि पाकिस्तान स्टेट आयलले पीआईएलाई इन्धन आपूर्ति रोकेको छ। इन्धनको कमीले उडानहरु रद्द हुँदा हवाई यात्रुले सास्ती भोग्नुपरेको छ। –एजेन्सी