काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंक बोर्डलाई मौद्रिक नीति खुकुलो बनाएर अर्थतन्त्र थप चलायमान बनाउन सुझाव दिएका छन् । 

बिहीबार गर्भनरसहितको राष्ट्र बैंक बोर्डलाई अर्थमन्त्रालयमा बोलाएर मन्त्री डा. महतले सुझाव दिएका हुन् । 

घरजग्गा, शेयरलगायत अन्य कारोबारमा सहज हुने मौद्रिक नीति ल्याउन मन्त्री डा. महतले सुझाव दिएका अर्थमन्त्रालय स्रोतले जनाएको छ । 

मन्त्री डा. महतको सुझावपछि राष्ट्र बैंक बोर्ड बैठक अहिले बसिरहेको छ । राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिबारे बोर्ड बैठकमा व्यापक छलफल भएको छ । बोर्डले पारित गरेलगत्तै आजै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुने बताइएको छ ।