काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले यो वर्ष पनि सेयरधनीलाई मालामाल गराउने गरी लाभांशको घोषणा गरेको छ । 

गत वर्षको तुलनामा भने यो बैंकको लाभांश घटेको छ । आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट गत वर्ष यो बैंकले २१ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

निजी क्षेत्रको टप बैंकमध्येको एक इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

बैंकको भदौ २१ गते बसेको संचालक समितिको बैठकले सेयर र नगद लाभांश वितरणको घोषणा गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

गत वर्षको तुलनामा भने यो बैंकको लाभांश घटेको छ । आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट गत वर्ष यो बैंकले २१ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

आर्थिक वर्ष २०७३/७४ मा यो बैंकले ३ अर्ब १६ करोड नाफा कमाएको छ । 

यो पनि पढ्नुहोस् है: