काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीेटेडले आफ्ना सेयरधनीहरुको हातमा लक्ष्मी(नगद)सहित बोनस सेयर राखिदिने प्रस्ताव गरेको छ । 

बैंकको कात्तिक २ गते बसेको ३५९ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई अघिल्लो वार्षिक साधारणसभाले स्वीकृति गरे बमोजिमको १२ प्रतिशत हकप्रद हकप्रद बाँडफाँड भई कायम हुने चुक्तापूँजी ७ अर्ब ३९ करोड ५ लाख ४४ हजारको ९ प्रतिशतको दरले हुन आउने ६६ करोड ५१ लख बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । यस्तै, बैठकले आफ्ना सेयरधनीलाई ४४ करोड ३४ लाख ३२ हजार ६ सय ४० रुपैयाँ(चुक्तापूँजीको ६ प्रतिशत) बराबरको नगद लाभांश वितरणको समेत प्रस्ताव गरेको छ । प्रस्तावित नगद लाभांश कर प्रयोजनसहितको हो । 

यी दुुई प्रस्ताव कम्पनीको आगामी वार्र्षिक साधारणसभा र नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी ८ अर्ब ६ करोड माथि पुुग्नेछ ।