काठमाण्डौ । रिलायवल माइक्रोफाइनान्सले समेत लगानीकर्तालाई निराश  पार्ने प्रगति विवरण सार्वजनिक गरेको छ । यो कम्पनीले बुधबार दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । 

कम्पनीको नाफामा सामान्य बढोत्तरी भएको छ भने खूद ब्याज आम्दानी, संचालन मुनाफा, प्रतिसेयर आम्दानी तथा नेटवर्थ जस्ता महत्वपूर्ण सुचकहरु घटेका छन् । 

यो कम्पनीले समीक्षा अवधिमा ७४ लाख ७० हजार  खूद नाफा आर्जन गरेको देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको नाफा ७१ लाख ९८ हजार रहेको थियो । 

यो माइक्रोफाइनान्सले यो अवधिमा २ करोड ५१ लाख खुद ब्याज आम्दानी गरेको छ, यस्तो आम्दानी अघिल्लो वर्ष २ करोड ५८ लाख रहेको थियो ।

अघिल्लो वर्ष १ करोड १३ लाख रहेको संचालन नाफा घटेर ९५ लाखमा सीमित भएको छ । 

समीक्षा अवधिमा यो माइक्रोफाइनान्सले २४ करोड १४ लाख निक्षेप संकलन तथा ६१ करोड ६६ लाख सापटी लिई ६६ करोड ३१ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ११ करोड ९२ लाख निक्षेप संकलन तथा ३८ करोड २९ लाख सापटी लिई ३९ करोड ९० लाख कर्जा प्रवाह गरेको थियो ।

यो अवधिमा रिलायवलले खराब कर्जालाई भने घटाएको छ । अघिल्लो वर्ष १.८८ प्रतिशत रहेको यस्तो कर्जा घटेर १.३ प्रतिशतमा सीमित बन्न पुगेको हो ।

वार्षिकीकृत प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४८ पैसाबाट घटेर १५ रुपैयाँ ५५ पैसामा सीमित बन्न पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि १३०.९३ रुपैयाँबाट घटेर १२३.२८ रुपैयाँमा आइपुगेको छ । यो अवधिमा रिलायवलको मूल्य आम्दानी अनुपात १००.२८ को कहालीलाग्दो विन्दूमा पुगेको छ।