काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवा बिस्तारको कामलाई तीव्र पारेको छ।

यही क्रममा बैंकले छैठौ शाखारहित बैंकिङ्ग सेवा बैशाख १५ गते कीर्तिपुर नगरपालिकाको भत्केपाटीबाट संचालनमा ल्याएको छ । 

सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कीर्तिपुर नगरपालिकाका, मेयर रमेश महर्जनले गरे ।  सो शाखारहित बैंकिङ्ग सेवा संचालनका लागि बैंकले प्रतिनिधिको रुपमा गोविन्द अधिकारीलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट मुलुकका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फतबाट बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारका लागि स्थानीय बासिन्दालाई लामो दुरी सम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य तथा ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग बानीको विकास हुने विश्वास बैंकले लिएको छ । 

यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्न, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

हाल यो बैंकको देशभर १९६ शाखा कार्यालयहरु, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्गको विशाल सञ्जाल रहेको छ । 

बैंकको वासलातको आकार रु १५७ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. १०९ अर्ब र कुल निक्षेप करिब रु. १३४ अर्ब पुगिसकेको छ । यो संगै वासलात, कुल कजा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानिमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।