काठमाण्डौ । सांग्रील डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ३२ करोड ७६ लाख बढी खूद नाफा आर्जन गरेको छ ।

यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा थोरै नाफा हो । अघिल्लो वर्ष बैंकले ३४ करोड ७७ लाख नाफा आर्जन गरेको छ । 

कर्मचारी तथा संचालनतर्फको अत्यधिक खर्च तथा उच्च ब्याज खर्चले यो बैंकको नाफा घटेको देखिएको हो । 

बैंकको संचालन मुनाफा पनि घटेको छ । अघिल्लो वर्ष ५३ करोड ८६ लाख रुपैयाँ रहेको संचालन मुनाफा घटेर ५१ करोड ४४ लाखमा सीमित बन्न पुगेको छ । तर, बैंकको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष ७० करोड ९७ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष ७८ करोड ८० लाख पुगेको छ । 

समीक्षा अवधिमा बैंकले रिजर्ब कोषको आकार बढाई ६३ करोड ५३ लाखको उचाईमा पुर्याएको छ । अघिल्लो वर्ष यस्तो कोषमा २८ करोड ६० लाख रुपैयाँ मात्र थियो । 

यो अवधिमा बैंकमा खराब कर्जाको अनुपात बढेको छ । अघिल्लो वर्ष ०.६० प्रतिशत रहेको यस्तो अनुपात बढेर ०.७८ प्रतिशत पुगेको हो । कोषको लागत ९.०७ प्रतिशत रहेको छ भने समीक्षा अवधिसम्म बैंकमा ७०.१० प्रतिशतको सीसीडी रेसियो कायम गरेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँको हाराहारीमा मात्र भएको छ ।