nic asia bank
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७४/७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानी अघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको छ ।
बैंकले गत वर्षको सोही अवधिको रु.०.८९ अर्ब मुनाफाको तुलनामा चालु वर्ष रु.१.१२ अर्ब सञ्चालन मुनाफा आर्जन गरेको हो ।
सञ्चालन मुनाफाले उक्त संस्थाले आफ्नो मुख्य सञ्चालन कारोवार मार्फत आर्जन गरेको मुनाफा तथा उक्त मुनाफाको स्वस्थ वृद्धिले संस्थाको दीर्घकालीन सञ्चालनको प्रत्याभूति प्रतिबिम्बित गर्दछ ।
साधारणतया, कर्जा नोक्सानी व्यवस्थामा हुने घटबढ तथा उक्त व्यवस्थाबाट फिर्ताले बैंकको खुद मुनाफामा उल्लेख्य प्रभाव पार्ने गर्दछ ।
गत वर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट उल्लेख्य फिर्ता रु.३२.८३ करोड भएको हुनाले रु.७२.१४ करोड खुद मुनाफा भएकोमा चालु आ.व. को दोस्रो त्रैमासिकमा बैंकले रु.५७.१७ करोड खुद मुनाफा आर्जन गर्यो ।
चालु आ.व. मा बैंकको सञ्चालन मुनाफामा भएको स्वस्थ वृद्धि तथा कर्जामा उल्लेख्य वृद्धिका कारणले असल कर्जाको कर्जा नोक्सानी व्यवस्थामा रु ३६ करोडको वृद्धिका बाबजुद पनि बैंकले दोस्रो त्रैमासिकमा आर्जन गरेको खुद मुनाफा उत्साहजनक हो । बैंकको रु १४० अर्ब बराबरको वासलात आकार तथा खुद व्याजदर अन्तरमा निरन्तर सुधारका कारण बैंकले आगामी त्रैमासिकहरुमा मुनाफामा उत्साहजनक वृद्धि हासिल गर्ने देखिएको छ ।
वार्षिक विन्दुका आधारमा बैंकले आफ्नो कर्जामा रु ३५ अर्बबाट रु १०२.२० अर्ब तथा निक्षेपतर्फ रु ४१.४० अर्ब बाट रु १२०.४६ अर्बको वृद्धि हासिल गरेको छ, जुन नेपाली बैंकिङ्ग ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुका आधारमा हासिल गरेको वृद्धिका हिसाबले हालसम्मकै उच्च वृद्धि हो।
बैंकको चुस्त कर्जा असुली प्रणाली तथा अभ्यासका कारण गत वर्ष ०.७२ प्रतिशत रहेको खराब कर्जामा उल्लेख्य सुधार आई यस वर्ष ०.२६ प्रतिशत कायम राख्न सफल भएको छ । साथै, बैंककोे पूँजी पर्याप्तता अनुपात १३.५९ प्रतिशत रहेको छ । पूँजी पर्याप्तता अनुपात बढी हुनाले निक्षेपकर्ताको निक्षेप सुरक्षित छ भन्ने सकारात्मक सन्देश जानुका साथै आर्थिक रुपमा आउन सक्ने अकल्पनीय तथा अनपेक्षित समस्या तथा परिस्थितिहरु सामना गर्न समेत बैंक सबल रहेको यसले देखाउँछ ।
यस्तै, बैंक थप व्यवसाय वृद्धि गर्नसक्ने क्षमतालाई दर्शाउँछ । बैंकको कर्जा तथा निक्षेप अनुपात ७८.१९ प्रतिशत रहेको छ, जुन नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको ८० प्रतिशत सीमाभित्र रहेको छ ।
खूद ब्याज आम्दानी र रिजर्ब कोष भने बढेको छ । अघिल्लो वर्ष १ अर्ब १५ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर १ अर्ब ६४ करोड पुगेको छ । यसको अर्थ बैंक व्यवसाय बिस्तारमा आक्रामक रहेको देखिन्छ ।
अघिल्लो वर्ष २ अर्ब ५४ करोड रुपैयाँ रहेको रिजर्बकोष मजबुत भई २ अर्ब ६५ करोडको भएको छ ।
बैंकले ०.७२ प्रतिशतमा रहेको निस्क्रिय कर्जाको अनुपातलाई घटाएर ०.२६ प्रतिशतमा झार्न सफल भएको छ ।
बढेको पूँजी अनुसार नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष २४.७९ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर १४.२४ रुपैयाँ कायम भएको हो ।
यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३३.०७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.२३ गुणा कायम भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19